गोरखा, २ माघ। पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाहरूको चिरशान्तिको कामना गर्दै गोरखामा दीप प्रज्वलन हुने भएको छ ।
आज नेपाल पत्रकार महासंघ गोरखा शाखा र गोरखा जेसिजको आयोजनामा सदरमुकामको बसपार्कमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागेको हो ।
आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ ।