Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

१८ दिनदेखि बेपत्ता बालकको गाडिएको अवस्थामा शव फेला


1.4K
Shares

१८ दिनदेखि बेपत्ता बालकको गाडिएको अवस्थामा शव फेला

धनगढी,३० पुस । डडेल्धुरामा एक बालक गाडिएको अवस्थामा फेला परेका छन् । गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ । स्थानीय दानबहादुर विष्टले पुस २७ गते उनी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

सोही आधारमा प्रहरीले उनको खोजी गरेको थियो । शनिबार घरबाट पाँच सय मिटर टाढा शंकास्पद खाल्डो देखेपछि उत्खनन् गर्दा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगांदत्त बडुले जानकारी दिए ।

मृतक बालक ३४ वर्षीय आमा कल्मती बोहरा र ३१ वर्षीय सौतेनी आमा जानकी बोहरासँग बस्दै आएका थिए। उनका बुवा भने कामको लागि भारतमा रहेका छन् । बालकको हत्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बडुले बताउनुभयो ।

उनको हत्या किन र कसले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरीले टोली घटनास्थलमा मुचुल्का उठाइरहेको छ । शवको प्रकृति हेर्दा केहि दिनअघि नै हत्या गरिएको हुनपर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology