गोरखा, ३०, पुस । गोरखाको गण्डकी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले बिकास निर्माणको कार्यमा प्रभावकारी अनुगमन गर्न सुुझाव दिएका छन् । सहभागीहरुले गाउँपालिको प्रभावकारी अनुगमन नहुदाँ सडक निर्माण लगायतका काममा ठेकेदार कम्पनीले मापदण्ड अनुसार काम नगर्ने गरेको गुनासो गरेका हुन् ।
त्यस्तै पालिका भित्र उत्पादित बस्तुहरुलाई बजारसम्म पु¥याउन समस्या भएको भन्दै सहकारीहरु मार्फत सहकार्य गरेर सहज बजार व्यवस्थापनका लागि पहल गरिदिन पनि अनुरोध गरेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना (साकार) ले संघ, प्रदेश र स्थानिय तह बिच तालमेल नहुँदा विकास निर्माणका काममा तालमेल हुन नसकेको बताउनुभयो ।
उहाँले योजनाहरु सिफारिस गर्दा स्थानियको आवश्यकता अनुसार छलफल गरेर छनौट गरी सिफारिस गर्नुपर्नेमा जोडदिनुभयो । अध्यक्ष तिमल्सिनाले संघ प्रदेश तथा स्थानिय तहबाट भएका जुनसुकै विकासका कामलाई पारदर्शी ढंगले अघि बढाउन स्थानियबासी र ‘गाउँपालिकामा बिद्युतिय भुक्तानी प्रणाली (इएफटी) प्रणालीले भुक्तानी प्रक्रिया थप सहज भएको छ, उहाँले भन्नुभयो, ‘ सुत्केरीलाई दिइने भत्ता ढिला उपलब्ध हुने प्रकृयाको अन्त्य गर्न इएफटी प्रणालीबाट भोली पल्टै भत्ता उपलब्ध गराउने योजनामा गाउँपालिका रहेको छ ।’
उहाँले सहभागीहरुको गुनासो र सुझावलाई आफूले गम्भीरता पूर्वक मनन गरेको गरेको बताउनुभयो । सोही अबसरमा गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा भएका खर्च बिबरण समेत सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष तिमल्सिना साकारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ललिता अधिकरी, प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी लगायतले सरोकारवालाहरुले उठाएको प्रश्नको जबाफ दिएका थिए ।