Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु


973
Shares

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

झापा,२९ पुस । स्कुल बसको ठक्करवाट एक जनाको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो । माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले ठक्कर दिंदा स्थानीय ७२ वर्षीया तुलसा दाहालको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी दाहाललाई बिहीबार दिउँसो तीन बजेतिर स्कुल बसले ठक्कर दिएको थियो । उनको, बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहीबार राति सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले बस र सो बसका चालक गौरादह नगरपालिका–२ का ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology