Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश विधिवत दर्ता, अध्यक्षमा बास्तोला चयन


1.5K
Shares

विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश विधिवत दर्ता, अध्यक्षमा बास्तोला चयन

पोखरा, २९ पुस । विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो ।

संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवम् पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवम् संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई हस्तान्तरण गर्नुभयो ।

वी.पी.का राजनीतिक एवम् साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रुपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको पुस्तकालयका संरक्षक एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “पुस्तकालय विपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुनसक्छ”, उहाँले भन्नुभयो ।

पुस्तकालयसँगै नेपाली काँंग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएकोे ५० लाख रुपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने लक्ष्य लिइएको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको अगुवाईमा नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीहरु संरक्षक रहने गरि स्थापित पुस्तकालयको तदर्थ समितिको अध्यक्षमा माधव प्रसाद बास्तोला, प्रा.डा. कुसुमाकर न्यौपाने उपाध्यक्ष, सूर्यबहादुर क्षेत्री सचिव, शिरोमणि बराल कोषाध्यक्ष, कविता तिवारी सहसचिव र सदस्यहरुमा कमल सापकोटा, दीपेन्द्र पराजुली, डा. रघुराज काफ्ले, शोभा अधिकारी, शकुन्तला शर्मा, रमेश अधिकारी, अरुण राज पौडेल, पदमबन्धु पोखरेल, दिपक रेग्मी र पदम श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology