Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओवादिका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का


2.6K
Shares

माओवादिका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

पोखरा, २९ पुस । नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ । दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ। यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन्। पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो।

धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन्। ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौं। अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने,‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ।

यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले सपथ लिइसकेका छन्। माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन्। सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ।

१८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा २ माघ कटाउन मिल्दैन । सकेसम्म विदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ। यद्यपी दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ। धिताल गोरखा १ (१) बाट निर्वाचित भएका हुन्। डिसी नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology