Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा आइपुग्यो ढुवानी अनुदानको चामल, भोलीदेखि कार्यालय समयमा खरिद गर्न सकिने


2.4K
Shares

गोरखामा आइपुग्यो ढुवानी अनुदानको चामल, भोलीदेखि कार्यालय समयमा खरिद गर्न सकिने

गोरखा, २८ पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखामा ढुवानी अनुदानको स्टिम जिरा मसिनो चामल आईपुगेको छ । स्थानीयहरुले अत्यन्तै माग गरेको उक्त चामल भोलीदेखि कार्यालय समयमा खरिद गर्न सकिने भएको हो ।

उक्त चामल शाखा गोरखामा प्रति किलो ७० अर्थात २५ किलोको बोराको रु १७५०।– (एक हजार सात सय पचास) पर्नेछ । सोना मंसुली चामलको भाउ प्रति किलो ५२ अर्थात ३० किलोको बोराको १५६०।– (एक हजार पाँच सय साठी) पर्नेछ । कम्पनीले यस वर्ष शाखा गोरखाबाट डिपो सिर्दिबास २५२ क्विन्टल चलान गरेको छ । कम्पनीले डिपो माछाखोलामा हाल सम्म चामल पठाएको छैन ।

स्टिम जिरा मसिनो चामलको माग बढि भएको र सोना बिक्रि हुन नसकेको कारण माछाखोलामा चलान गर्न ढिला भएको कम्पनीको नि.शाखा प्रमुख मुनिलाल कुश्वाहाले बताउनुभयो । यस वर्ष माछाखोलामा ५०० क्विन्टल कोटा छ । डिपो सिर्दिबासमा शाखा गोरखाबाट २००० र विमलनगर बाट १५०० गरि ३५०० कोटा छुट्याईएकोमा विमलनगरबाट ६६० (छ सय साठी ) क्विन्टल खाद्यान्न ढुवानी भईसकेको छ ।

सिर्दिबास डिपोमा हाल ४५० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । सिर्दिबासमा हाल सोना मंसुली चामल प्रति किलो रु ५४ मा विक्रि भईरहेको छ । शाखामा प्राप्त स्टिम जिरा मसिनो चामल पनि तत्काल डिपोमा समेत चलान हुने र स्टिम चामलको डिपो सिर्दिबासमा प्रति क्विन्टल रु ७२ , डिपो माछाखोलामा प्रति क्विन्टल रु ७० पर्ने शाखा गोरखाका सुचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology