Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जर्मन राजदुत र प्रधानमन्त्री प्रचण्ड बीच भेटबाता


1.2K
Shares

जर्मन राजदुत र प्रधानमन्त्री प्रचण्ड बीच भेटबाता

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो ।जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो।

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताएका थिए । विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास उनको छ । प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताएका थिए । राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology