Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा गुडिरहेको टिप्पर अनियन्त्रित भएर घरमाथि ठोक्किन पुगेपछि…


3K
Shares

गोरखामा गुडिरहेको टिप्पर अनियन्त्रित भएर घरमाथि ठोक्किन पुगेपछि…

गोरखा, २८ पुस । गोरखाको शहिद लखन गाउँपालिकामा सडकमा गुडिरहेको टिप्पर अनियन्त्रित भएर घरमाथि ठोक्एिर दुर्घटना भएको छ । शहिदलखन गाउँपालिका – ७ खाब्दिभन्ञ्याङ्म नजिकै गएराती सडकमा गुडिरहेको टिप्पर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

टिप्पर सडक मुनि रहेको बिनमराज थापाको पक्की घरमा ठोक्किएको स्थानीयले बताएका छन् । दुर्घटनाबाट कुनै मानविय क्षति भने हुन पाएन ।  दुर्घटनाबाट टिप्पर र थापाको पक्की घरमा क्षति पुगेको छ ।

घटनापछि जनप्रतिनिधि र स्थानीयले टिप्पर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्बिर सौजन्य : वडाध्यक्ष शरण श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology