Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका सवै पालिकामा राष्ट्रिय परिचयपत्र बिबरण संकलन अभियान सम्पन्न (कहाँ कतिले बनाए )


1.2K
Shares

गोरखाका सवै पालिकामा राष्ट्रिय परिचयपत्र बिबरण संकलन अभियान सम्पन्न (कहाँ कतिले बनाए )

गोरखा, २८ पुस । गोरखा जिल्ला भित्रका ११ वटै पालिकाहरुमा राष्ट्रिय परियच पत्र अभियान सम्पन्न भएको छ । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखा जिल्लाका पालिकाहरुमा यहीँ पुस २५ गते अभियान संकलन भएको साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो । अभियानका क्रममा जिल्ला भित्ररका १ लाख १५ हजार ९ सय ८७ जनाले परिचय पत्र बनाएको उहाँले बताउनुभयो ।

जिल्लाका पालिकाहरु मध्ये सवैभन्दा धेरै गोरखा नगरपालिकामा १८ हजार ८ सय ३१ जना परिचय पत्र बनाएका छन् । त्यस्तै पालुङटार नगरपालिकामा १८ हजार ७ सय ४९ जना, सिरानचोक गाउँपालिकामा ९ हजार ९ सय ८६ जनाले परिचय पत्र बनाएको साहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

त्यस्तै अजिरकोट गाउँपालिकामा ५ हजार ५ सय ९८, आरुघाट गाउँपालिकामा ८ हजार ८४ जना, गण्डकी गाउँपालिकामा १३ हजार ६ सय २ जना, धार्चे गाउँपालिकामा ५ हजार ९ सय ३ जनाले राष्ट्रिय परिचय पत्रका बनाएको कार्यालयले जनाएको छ । त्यस्तै भीमसेन थापा गाउँपालिकामा ६ हजार ६ सय ९५ जना, बारपाक सुलिकोट गाउँपालिकामा ९ हजार ४ सय ८६ जना, शहीद लखन गाउँपालिकामा १४ हजार २ सय ९० जना र चुमनुव्री गाउँपालिकामा २ हजार १ सय ३१ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् ।

त्यस बाहेक जिल्लामा अन्य २ हजार ४ सय ३२ जनाले परिचय पत्र बनाएको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ । गोरखा जिल्लामा गएको साउन १५ गतेबाट राष्ट्रिय परिचय पत्रको बिबरण संकलन अभियान सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology