काठमाडौं, २७ पुस । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
बुधबार साँझ अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुग्नु भएको ओली सचिवालयले जनाएको छ।
उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।