Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु


2.9K
Shares

गोरखामा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

गोरखा, २७ पुस । गोरखामा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित नम्कीमा मोटरसाईकलको ठक्करबाट स्थानीय ५५ बर्षकी जालमाया बि.कको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा २३ प ७२४७ नम्बरको मोटरसाइकलको पैदल हिडीरहेकी बि.कलाई ठक्कर दिएको दिदाँ गम्भीर घाइते हुनुभएकी उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते बि.कको उपचारका क्रममा गोरखा मेमोरियल अस्पताल छेवेटारमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology