Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

१६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


882
Shares

१६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम,२७ पुस  । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।

उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं. २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको डिएसपी क्षेत्रीले बताउनुभयो। उनलाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology