Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पुस २९ गते लिने


2.3K
Shares

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पुस २९ गते लिने

पोखरा, २६ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिनुभयो । ‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’, मन्त्री गुरुङले भन्नुभयो ।

नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी ९राप्रपा० का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology