काठमाडौँ,२६ पुस । मंगलबार कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको थियो । कारोबार रकम बढ्दा परिसूचक नेप्से भने २१.३४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१९० अंकमा कायम भएको छ ।
कुल ५३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ९ अंक बढ्यो । विकास बैंक ४१, फाइनान्स ८३, होटल तथा पर्यटन ११५, जलविद्युत् १६, जीवन बीमा २४३, उत्पादन ५५, माइक्रोफाइनान्स १००, निर्जीवन बीमा २७८, अन्य ४० र ब्यापार उपसमूह ७१ अंक घटे । बाराही हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
सिंगटी हाइड्रो र विन नेपाल लघुवित्तको मूल्य भने ८ प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सीको मूल्य ८.७ प्रतिशत तथा बुद्धभूमि हाइड्रोको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, अपी पावर, रिडी पावर, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।