Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अफ्रिकन ‘स्वाइन फिभर’ संक्रमणबाट १२ बंगुर मरे


1.5K
Shares

अफ्रिकन ‘स्वाइन फिभर’ संक्रमणबाट १२ बंगुर मरे

तनहुँ, २५ पुस । अफ्रिकन ‘स्वाइन फिभर’को संक्रमणका कारण तनहुँमा १२ वटा बंगुर मरेका छन्।

भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बंगुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।

उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए। शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बंगुर मरेको र केही बंगुर बिरामी भएको उनले जानकारी दिए। अफ्रिकन स्वाइन फिभरविरूद्ध हालसम्म भ्याक्सिन बनेको छैन।

ुगत वर्ष काठमाडौंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौुं, उनले भने।अफ्रिकन स्वाइन फिभरका कारण बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन्।

साथै, उक्त संक्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बंगुर मरेका छन्।

पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन्।

केन्द्रका प्रमुख डा श्रेष्ठले भने, ‘ यस रोगको प्रकोपका कारण एक चरण बंगुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौं।’ रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology