गोरखा, २५ पुस । मलेसियामा बन्धन बनाइएका गोरखाका ५ जना सहित १९ जना नेपालीको तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले मलेसियामा रोजगारीमा रहेका नेपालीहरुलाई बन्धक बनाइएको भन्ने समाचार सार्वजनिक भएपछि प्ररधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि पहल लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनसंगै मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल शुरु गरेको छ ।