Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे लोसपामा अध्यक्षले निर्णय गर्ने


1.8K
Shares

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे लोसपामा अध्यक्षले निर्णय गर्ने

काठमाडौँ, २४ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्षलाई दिएको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयको निर्णय लिने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने तय भएको छ ।

बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पार्टी संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको लोसपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology