Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जिल्ला सहकारी संघ गोरखाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न


1.7K
Shares

जिल्ला सहकारी संघ गोरखाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

गोरखा, २४ पुष । जिल्ला सहकारी संघ लिमिटेड गोरखाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइरालको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर रानामगरको प्रमुख आतिथ्यतामा हिजो शनिबार सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका जिल्ला सहकारी संघका महासचिव सरोज देवकोटाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिराम अधिकारीले आर्थिक प्रतिवेदन र लेखा संयोजक सुजन कुँवरले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएका थिए । उक्त प्रतिवेदन सुझाव सहित साधारणसभाले अनुमोदन गरेको महासचिव देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संस्थाहरुका लागि तालिम संचालन गर्ने, सहकारी बहस पैरवी गर्ने, संघको पाँच वर्षे रणनीति अनुसार अगाडि बढाउने र जिल्लाभरी सहकारी संघ संस्थाहरुको प्रोफाइल तयार गर्ने नीति लिएको बताउनुभयो।उहाँका अनुसार संघले आगामी दिनहरुमा सहकारी सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्ने र जिल्ला सहकारी सघंलाई थप ब्यवस्थित रुपमा संचालन गर्ने योजना प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानामगरले सहकारी संघसंस्थाहरुले बचत तथा ऋण कारोबार मात्र नभई उत्पादन क्षेत्रमा पनि जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै, बेरोजगार र साना ब्यवशायीलाई समेटेर आत्मानिर्भर बनाउनका लागि जिल्ला सहकारी संघले पहल गर्नुपर्ने उहाँको भनाई छ । जिल्ला सहकारी संघमा दुई सय चार वटा सहकारी आबद्ध रहेकोमा शनिबारको कार्यक्रममा एक सय २१ वटा सहकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology