Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेप्से परिसूचक २० अंकले बढ्यो


3K
Shares

नेप्से परिसूचक २० अंकले बढ्यो

काठमाडौ, २४ पुस ।  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २०.५५ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.९६ प्रतिशतले बढेर २१६४.४८ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ पुगेको छ। यस दिन २५९ वटा धितोपत्रको १ करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच भएको छ । आइतबार दुई कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । खप्तड लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार ५४५ रुपैयाँ ५० पैसा र बाराही हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ ५० पैसा कायम भएको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा बुद्धभूमी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५५ रुपैयाँमा झरेको छ ।यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५० रुपैयाँ ६० पैसामा झरेको छ । आइतबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।

यस दिन उक्त कम्पनीको २ हजार ८७१ रुपैयाँमा २१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३३ प्रतिशत घटेको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५७५ रुपैयाँ २० पैसामा १९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.०७ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.४३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology