Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय


3.2K
Shares

गोरखाका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय

गोरखा, २४ पुष । गोरखा जिल्ला भित्र संचालित सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने भएको छ ।

जिल्ला अनुगमन समितिको सोमवार बसेको बैठकले दर्ता भएर नबिकरण नभएका क्रसर उद्योग, आयोजनाको नाममा अनुमती लिएर आयोजना सकिँदा पनि संचालन भएका, आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गरेका उद्योग बन्द निर्णय गरेको हो । क्रसर सँगै बालुवा प्रशोधन उद्योगहरुपनि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बतचाउनुभयो ।

सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखकाली क्रसर उद्योग दर्ता भएर नबिकरण नभएका उद्योग हुन् । यी कुनैपनि उद्योग आफ्नो साविक ठेगानामा संचालनमा नरहेको पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख शुर्य भुजेलले बताउनुभयो । प्रक्रियागत रुपमा २०६५/६६ मा दर्ता भएका तर नबिकरण नभएका उद्योग हुन् । २०७३/७४ मा यी सबैको म्याद सकिएको छ ।

कालिका बालुवा प्रशोधन केन्द्र, न्यू गण्डकी बालुवा प्रशोधन केन्द्र प्रा.ली, श्री घ्यल्चोक सिद्धि दर्शन सप्लायर्स प्रा.लि, न्यू गण्डकी बालुवा प्रशोधन उद्योग नमोवुद्ध बालुवा प्रशोधन केन्द्र, श्री मोर्डन स्याण्ड वासिङ प्रा.लि, श्री गोरखा रिसोर्स म्यानेजमेन्ट प्रा.लि, शेरा बालुवा प्रशोधन केन्द्र, चित्रादेवी बालुवा प्रशोधन केन्द्र, श्री बूढीगण्डकी मल्टिप्रपोज प्रा.लि, जिया बालुवा प्रशोधन केन्द्र दर्ता भएको पर्यटन तथा उद्योग कार्यालयमा तथ्याङ्क छ । यी उद्योग अधिकासं कम्पनी रजिष्टार कार्यालयमा दर्ता छन् । नियमअनुसार संचालन भए नभएको बिवरण स्थानीय तह सँगपनि छैन ।

बैठकले उद्योगहरुको छानबिन गरी कानुन बिपरित भए नभएको हेरेर तत्काल बन्द गराई उद्योगमा रहेको कच्चापदार्थ स्टक प्रमाणित गरी ७ दिन भित्र बिवरण पठाउन भनिएको छ । मापदण्ड बिपरित रहेका उद्योग बन्द गराउन स्थानीय तहलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सघाउने बैठकले निर्णय गरेको छ ।

क्षमता भन्दा धेरै भार ढुवानी गर्ने साधनलाई रोक लगाउने, मुग्लिन पोखरा सडक आयोजना तनहुँले नदिजन्य पदार्थ उत्खननमा हेभि उपकरण प्रयोग गर्न माग गरेको विषयमा कानुनको प्रतिकुल नहुने गरी अनुमती दिन पालुङटार नगरपालिकालाई अधिकारदिने निर्णय भएको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले जानकारी दिनुभयो । गृहमन्त्रालयले क्रसर उद्योग बन्द गर्न पुस २० गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि गोरखा प्रशासनले पनि यो निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, पालुङटार नगरपालिकाका प्रमुख बिवस चिन्तन, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology