धनगढी, २४ पुस । सेती नदिमा नुहाउँदा बगेर एक पुरुषको मृत्यु भएको छ । सेती नदीमा बगेर डोटीका पुरुषको मृत्यु भएको हो । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार तेज पिपल्लाको पक्की पुल नजिकै नुहाउने क्रममा बगेका थिए । नदीमा बगेर बेपत्ता भएका उनी दुई सय मिटर तल बेहोस अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । बिकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।