Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

१३ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ


1K
Shares

१३ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

काठमाडौं, २३ पुस। १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार गत पुस २१ गते साँझ ५ बजे बालिकाले परीक्षा दिएर घर फर्कदै गर्दा बाटोमा यादवसँग मोटरसाइकलमा लिफ्ट मागेकी थिइन् । बालिकालाई लिफ्ट दिने बहानामा युवकले भरकुण्डी जंगलमा लगेर बलात्कार गरेर फरार भएको प्रहरीको भनाइ छ ।

बालिकाले घटनाबारे प्रहरीमा खबर गरेपछि विहीबार युवक पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology