Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन


1.3K
Shares

गोरखामा मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन

गोरखा, २३ पुष । जिल्लाभित्र कानून विपरित अवैधरूपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै जिल्ला भित्र कानून विपरित संचालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

प्रचलित कानून विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमती नलिई संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले हस्ताक्षरित सूचनामा भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योग / निर्माण व्यवसायीले आयोजना समाप्त भए पश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए शुत्रबार देखि लागु हुने गरी बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।

सूचना विपरित ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology