Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

१५ औं पटकमा चुनिय अमेरिकी सभामुख


1.2K
Shares

१५ औं पटकमा चुनिय अमेरिकी सभामुख

काठमाडौं, २३ पुस । अमेरिकाको संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले नयाँ सभामुख चयन गरेको छ। शनिबार बिहान केभिन मकार्थीलाई सदनले सभामुखमा निर्वाचित गरेको हो। उनी रिपब्लिकन पार्टीका उम्मेदवार हुन्।

सदनमा रिपब्लिकन पार्टीकै बहुमत छ। तै पनि उनले आवश्यक मत पाउन सकिरहेका थिएनन् । १५ औं पटक चुनाव गरेपछि उनी निर्वाचित भएका हुन् । गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट पार्टीले २१२ सिट जितेका थिए।

संसदको सभामुख चयन हुन २१८ जना सांसदको भोट पाउनुपर्छ। रिपब्लिकन पार्टीसँग नयाँ सभामुख चुन्न पर्याप्त मत रहे पनि आन्तरिक विवादले नयाँ सभामुख चुन्न सकस भएको थियो। मकार्थीलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन थियो । पार्टीकै म्याट गेइट्जले मकार्थीविरूद्ध विद्रोह गरेपछि सभामुख चयन गर्न कठिन भएको थियो। तर लाइभ चलिरहेकै सदनमा मकार्थीलगायत केही सांसदले उनीसँग गएर कुरा गरेको भिडिओ समेत बाहिरिएका छन्। जसमा केही भनाभन हुँदा एक सासंदको मुख समेत थुनेर लगिएको देखिन्छ।

अमेरिकामा राष्ट्रपतिपछि दोस्रो वरीयतामा सभामुख हुन्छन्। सभामुखको चयन भएर सांसदहरूले सपथ नलिएसम्म अमेरिकी संसदले आफ्ना काम(कारबाही अघि बढाउन सक्दैन।

अमेरिकाको संसदमा पहिलो पटक भएको मतदानले सभामुख चुन्न नसकेको घटना एक सय वर्षपछि दोहोरिएको हो। सन् १९२३ मा पनि हाउस अफ रिप्रिजेन्टेटिभ्सले ९ पटक मतदान गरेर सभामुख छान्न सकेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology