Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मन्दिरको टुप्पोमा विमान ठोक्किदाँ पाइलटको मृत्यु


1.1K
Shares

मन्दिरको टुप्पोमा विमान ठोक्किदाँ पाइलटको मृत्यु

काठमाडौं,२२,पुस । भारतको मध्य प्रदेशको रेवामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट घाइते भएका छन् । रेवा प्रहरीका अनुसार घटना शुक्रबार बिहान भएको हो। यो विमान मन्दिरबाट खसेको हो ।

रेवाका एसपी नवनीत भासिनले दुर्घटना भएको विमान निजी कम्पनीको रहेको र यो तालिमको विमान भएको बताउनुभयो । चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो ।

घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताउनुभयो । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology