Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा क्याम्पसले स्नातकोत्तरमा स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गर्ने


3.7K
Shares

गोरखा क्याम्पसले स्नातकोत्तरमा स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गर्ने

गोरखा, २२ पुस : गोरखाको एक मात्र सरकारी गोरखा क्याम्पसमा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पढाई हुने भएको छ । स्वास्थ्य विषयको पढाईको माग गर्ने धेरै बिद्यार्थी भएपछि यसै बर्षदेखि स्वास्थ्य विषयमा स्नातकोत्तर तहको भर्ना खुल्ला गर्न लागिएको क्याम्पस प्रमुख रामशरण बानिँयाले जानकारी दिनुभयो ।

‘ हेल्थ बिषयमा अध्यनको लागि माग गर्ने बिद्यार्थी धेरै भएसकेका छन् , उहाँले भन्नुभयो ‘क्याम्पसको प्रमुख बिभागको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयलाई पत्र पठाइएको र क्याम्पसका साहायक डिन लगायतको टोलीले सम्भाब्यताको अध्ययन गरेर र्फकिएको समेत उहाँले बताउनुभयो । अब टोलीको प्रतिवेदनअनुसार विश्वविद्यालयले स्वीकृति दिन्छ’उहाँले भन्नुभयो, ‘त्यसपछि हामी भर्ना खुलाउँछौँ । हेल्थमा मास्टर्स डिग्री सञ्चालन गर्न हामीसित जनशक्तिलगायतका पूर्वाधार तयार छ ।

’स्वास्थ्यमा स्नातक तह पूरा गरेकाहरुले यसअघि त्यसभन्दा माथिल्लो तह पढ्न नपाएका र पढ्नै पर्नेहरुले कि काठमाडौँ जानु पर्ने, कि पाठ्यक्रम तथा अन्य विषयमा पढ्नु परेको उहाँले बताउनुभयो । ‘हेल्थमा मास्टर्स डिग्री सञ्चालन भयो भने एचए पढेकाहरुले पनि विषय मिल्दो माथिल्लो तह पढ्ने अवसर पाउँछन्’,। गोरखा क्याम्पसमा यसअघि जीव विज्ञान शिक्षा, अंग्रेजी शिक्षा, नेपाली शिक्षा, गणित शिक्षा र पाठ्यक्रम तथा मूल्यांकन शिक्षा विषयमा स्नातकोत्तर तहमा पढाइ हुदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology