Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


875
Shares

आज प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २२ पुष । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology