Nagarik Sawal

२०८३ कार्तिक २६ बुधबार

२०८३ कार्तिक २६ बुधबार

विन्ध्यावासिनी मा.वि को ६२ वार्षिक उत्सव सम्पन्न


1.6K
Shares

विन्ध्यावासिनी मा.वि को ६२ वार्षिक उत्सव सम्पन्न

गोरखा, २२ पुष । गोरखा नगरपालिका वडा नं. ३ स्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयले ६२ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । बाजा गाजासहित गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगरले पानसमा बत्ती बालेर बिहीबार कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।No description available.

उद्घाटन समारोह पछि बिद्यार्थीहरुले पिटी प्रर्दशन गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उदेय बहादुर भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अभिभावक दिवस समारोहमा विभिन्न किसिमको नृत्य तथा संस्कृतिक कार्यक्रमहरुको पनि प्रस्तुती रहेको थियो ।No description available.

दिवसको अबसरमा बुधबार अतिरिक्त क्रियाकलापहरु पनि आयोजना गरिएको प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रमुख राना र उपप्रमुख मसली माया थोकर (सपना पुन) लाई मायाको चिनो हस्तान्तरण गरिएको छ । साथै विद्यालयलाई सहयोग गर्ने सहयोगी संस्था, व्यक्तिहरुलाई सम्मान पत्र वितरण गरिएको बताउनुभयो । No description available.

 

कार्यक्रममा नगर प्रमुख राना मगर, उपप्रमुख थोकर वडा अध्यक्ष एवम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चुल बहादुर कुवँर, नगरपालिका भित्रका मा. विका प्रधानाध्यापक तथा प्रतिनिधीहरुले मन्तव्य राखेका थिए । विद्यालयका अनुसार अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको छ।

No description available.No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology