गोरखा,२१ पुस । होटल व्यवसायी महासंघको उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । चितवनमा मंगलबार र बुधबार आयोजित महाधिवेशनले श्रेष्ठलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाविधेशनले दिनेशकुमार चुकेलाई महासंघको अध्यक्षमा र वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापालाई चयन गरेको छ । अधिवेशनले ८१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।