Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चैत ५ मा स्ववियु निर्वाचन गर्न त्रिविको प्रस्ताव


1.6K
Shares

चैत ५ मा स्ववियु निर्वाचन गर्न त्रिविको प्रस्ताव

काठमाडौं, २१ पुस । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ । निर्देशनालयले चैत ५ मा स्ववियु चुनाव गर्न त्रिवि कार्यकारी परिषद बैठकमा पेश गरेको एक पदाधिकारीले बउनुभयो ।

त्रिवि कार्यकारी परिषद बैठकले चुनावको मिति तोक्छ। त्यसका लागि शुक्रबार बैठक बस्दैछ। चुनावको मिति तोकेपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । वि.सं. २०६५ देखि स्ववियु चुनाव हुन सकेको छैन ।

त्रिविले यसअघि २० विद्यार्थी संगठनहरूसँग छलफल गरी स्ववियु चुनावको तयारी थालेको थियो। स्ववियुमा २८ वर्षे उमेरहद लागु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology