Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

वडाध्यक्षको कुखुरा फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु


721
Shares

वडाध्यक्षको कुखुरा फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु

काठमाडौं, २१ पुस । सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे बलेफी गाउँपालिका(४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिनुभयो।

वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म सञ्चालन गर्दै आएका थिए । त्यस फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बुढाथोकीले बताउनुभयो।

सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ। आगलागी कसरी भएको भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology