जनकपुरधाम,२१ पुस । भारतीय मोटरसाईकलको ठक्करवाट एक वृद्धको मुत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको हो।
मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा छन् । बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते भएका उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिनुभयो ।