Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चेपे ‘ए’ जलविद्युत परियोजना द्धवारा – सुरक्षा र क्षतिपूर्ति माग


2.4K
Shares

चेपे ‘ए’ जलविद्युत परियोजना द्धवारा – सुरक्षा र क्षतिपूर्ति माग

गोरखा,२० पुस । चम्पावती हाइड्रोपावर लिमिटेडले केही साता अगाडी हाइड्रोपावर स्थलमा आगजनी र तोडफोड गराउनेहरुबाठ क्षतिपुर्ति र सरकारबाट रक्षाको माग गरेका छन् । गोरखाको सिरान्चोक गाउँपालिका र लम्जुङको राइनास गाउँपालिकाको सिमानामा बनाइरहेको चेपे ‘ए’ जलविद्युत परियोजनामा गलत हल्लाको भरमा मंसिर २४ गते लमजुङ राइनाश बासीले आयोजना स्थलको घर र मेशिनका साथै अन्य उपरकणहरुमा आगजनी र तोडफोड गरेका थिए । निर्माण कम्पनीले आजसम्म आगजनी र तोडफोडमा संलग्न भएकाहरुलाई पक्राउ गरी कारवाही गर्न नसकेको गुनासो गर्दै आयोजना अगाडी बढाउन सरकारी स्तरबाट नै थप सुरक्षाको माग गरेको हो ।

चम्पावती हाइड्रोपावर लिमिटेडले बनाइरहेको ७ मेगावाट चेपे ए जलविद्युत परियोजनामा हल्लाको भरमा राइनाशबासीले तोडफोड र आगजनी गर्दा ३ करोड ४० लाख बरावरको जति पुगेको लिमिटेडको दाबी छ । अप्रत्यक्ष रुपमा लागत बढ्न जाँदा र उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले झण्डै थप ३० करोड क्षति हुने अनुमान आयोजना गरेको छ ।

यो परियोजना स्वदेश तथा विदेशमा रहेका नेपाली इन्जिनियरहरु सहितको लगानीमा निर्माण भइरहेको छ । चम्पावती हाइड्रोपावर लिमिटेडका बोर्ड डाइरेक्टर रामेश्वर लामिछानेका अनुसार नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको भन्ने गलत हल्लाको भरमा आयोजनाको विद्युत गृह निर्माणस्थल र साइट अफिसमा आक्रमण भएको बताउनुभयो ।

कुनै सत्यता नै भएको यस्ता अफवाहमा त्यहाका स्थानीय जनप्रतिनिधि र दलका कार्यकर्ताको प्रत्यक्ष संलग्नता रहेको उहाँले आरोप लगाउनभया। तोडफोड र आगजनीमा जनप्रतिनिधिहरु स्वयंले अगुवाइ गरे भने स्थानीय रुपमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्वमा रहेकाहरु नै संलग्न थिए भन्ने कुरा प्रहरी प्रशासनलाई पनि राम्रोसँग थाहा छ । सामाजिक सञ्जालहरुमा भेटिने आगजनीका फोटो तथा भिडियो, विभिन्न सञ्चारमाध्यममा दिइएका अन्तर्वार्ताहरुलाई हेर्दा पनि सो कुरा स्पष्ट हुने उहाँले बताउनुभयो ।

आयोजनाका डाइरेक्टर एवम् इन्जिनियर लक्ष्मण अर्याललेका अनुसार आयोजनाको विद्युत गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भए अनुसार नै अहिलेको डिजाइनमा विद्युत गृहको टेलरेसबाट पानी जान्छ । जुन नहरको इन्टेकभन्दा १६० मिटर माथि रहेको छ । विद्युत गृहको टेलरेसबाट पानी निस्कने लेभल र नहरको मुहान (इन्टेकको) लेभल करिव २ मिटरको फरकमा रहेको छ । जलविद्युत आयोजनाको पानीको निस्कने लेभल ६३६.१२ मिटरमा छ । नहरको इन्टेकमा पानीको लेभल ६३३.४ छ । पानी भनेको माथिल्लो लेभलबाट तल बग्ने हो । चम्पावती हाइड्रोपावर लिमिटेडले विगत २ वर्षदेखि निर्माण कार्य शुरु गरेको यो आयोजना रन अफ दि रिभर प्रकारको र बाँध खुल्ला बहाव अर्थात फ्रि फ्लो वियरको रुपमा निर्माण भइरहेको छ ।

आयोजनाको हेर्डवर्क्सका संरचना लमजुङको कुयँलेमा र विद्युतगृह गोरखाको सिरानचोक गाउँपालिका २ कुविन्डेमा निर्माण हुँदैछ । विद्युत ऐन २०४९ बमोजिम इजाजत प्राप्त चेपे ए जलविद्युत आयोजनाको भौतिक प्रगति करिव ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ । आयोजनाले विद्युत उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडानको लक्ष्य राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology