गोरखा,२० पुस । गोरखा बजारमा रहेको एक बेकरीले उत्पादन भएको भन्दा ६ महिना पछिको मिति राखेर बजारमा सामाग्री बिक्री गर्ने गरेको फेला परेको छ । गोरखा नगरपालिका–६ अस्पताल मार्गमा रहेको ग्रेस बेकरीले उत्पादन भएको भन्दा ६ महिना पछिको मिति राखेर बजारमा आफ्ना खाद्य सामाग्री बिक्री गर्दै गरेको फेला परेको हो ।
गोरखा बजारमा सबै भन्दा बढी खाद्य सामाग्री बिक्री गर्दै आएको बेकरीले आज (बुधबार) बिहान बजारमा बिक्री गरेको पाउरोटी, केक, दुनट र बम पाउरोटीमा उत्पादन भएको मिति भन्दा पनि ६ महिना पछिको मिति राखेर बजारमा बिक्री गरेको फेला परेको हो ।
सोृ सामाग्री प्रयोग गरेको गोरखा नगरपालिका ६ बैंक रोड बस्ने असोक राना मगरले बेकरीले यसरी सर्व साधारणलाई झुक्काएर स्वास्थ्य माथी खेलबाड गरेको बताउनुभयो । ‘हामी सधै स्थानिय होटलमा चियाँ पिउने गथ्यौं’ रानाले भने ‘आज पनि चियाँ पिउने क्रममा पाउरोटी खानु पर्यो भनेर हेरेको त यस्तो फेला पर्यो ।’
अहिले भने उक्त सामाग्री सामाजिक सञ्जालमा भाइरल भएको छ । चियाँ पिउने बेला फेला परेको उक्त मिति सहितको स्टिकर रानाले सामाजिक सञ्जालमा हाले लगत्तै भाइरल बनेको हो ।
अनुगमन गर्ने निकाय मध्येको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले घटनाको बारेमा जानकारी नआएको तर तत्कालै के भएको हो भन्ने बारेमा हामी बुझछौ र कारवाहीको दायरामा ल्याउने बताउनुभयोे। ‘घटनाको बारेमा हजुरले नै भने पछि थाहा पाईयो’ भन्दै बरालले भन्नुभयो ‘अब हामी तत्कालै अनुगमनमा जान्छौ र कानुनी दायरामा ल्याउछौ ।’
उता गोरखा नगरपालिकाका अनुगमन अधिकृत चेतप्रसाद अंगाईले पनि बजारमा त्यस्ता खाद्य सामाग्री रहेको बारेमा अनबिज्ञता प्रकट गरे । अब के हुन्छ त भन्ने जिज्ञासामा अंगाईले भने ‘हामी तत्कालै बजार अनुगमनमा जान्छौ र त्यस्ता सामाग्री फेला परे कारवाही गछौ ।’
उहाँका अनुसार त्यस्ता लेबल भएका सामाग्रीलाई लेबल नभएको सामाग्री बरावर मानेर सबै उत्पादन नष्ट गरिने र पहिलो पटक भए १ हजार जरिबाना र दोस्रो पटक भएका ३ हजार जरिवाना हुने बताउनुभयो । कानूनी प्रावधान अनुसार गल्ती गरेको तेस्रो पटक भएमा ५ हजार र चौथो पटक भए बढीमा १० हजारसम्म जरिवाना हुने छ । जिल्लामा अनुगमन गर्ने निकाय राम्रो र चुस्त दुरुस्त नहुदा यस्ता खाले उत्पादनहरुले जहिले पनि छुट पाउदै आएको सर्व साधारण गुनासो रहदै आएको छ ।