Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माघ १९ गते १५ लाख बुस्टर डोज खोप आउने


1.7K
Shares

माघ १९ गते १५ लाख बुस्टर डोज खोप आउने

काठमाडौं,२० पुस । कोरोना भाइरसविरूद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ ।‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिनुभयो ।

यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रूपमा ‘गाभी’लाई पत्र लेखेको थियो। कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उहाँका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउने छ । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो।

छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ। यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology