Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भालुको आक्रमणबाट एकजनाको मृत्यु


1.4K
Shares

भालुको आक्रमणबाट एकजनाको मृत्यु

बुटवल,२० पुस । अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं । २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।

घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology