महोत्तरी २० पुस । इँटा भट्टामा रहेको परालको छाप्रोभित्र एक पुरुषको शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको बायाँ एउटा आँखा फुटेको र शवको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुन सक्ने परिवारको आशंका छ । सोमबार साँझ घरबाट निस्केका उनको शव मंगलबार बिहान ११ बजे झाको शव फेला परेको प्रहरीले जनाएको छ । उनि प्रायः इँटा भट्टामा बस्ने गर्थे । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।