काठमाडौं,१९ पुस । कीर्तिपुर अस्पतालबाट हामफालेर एक युबक घाइते भएका छन् । अस्पतालको तेस्रो तलाबाट हामफाल्दा युवक घाइते भएका हुन् । उनि राति साढे १० बजे हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन्। रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी अस्पतालबाट किन हामफालेका हुन् भन्ने कारण खुल्न सकेको छैन । उनको अवस्था मध्यम छ। बोल्न सक्ने छन्। टाउको, दाहिने हात र शरीरका अन्य भागमा भने चोट लागेको छ ।