Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

हत्या आरोपमा भारतीय नागरिक पक्राउ


798
Shares

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

अर्धाखाँची,१९ पुस। शीतगंगा नगरपालिका(१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा(१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् ।

राधाको शव आइतबार बिहान शीतगंगा (१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबासस्थित जंगलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले आरोपी सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology