काठमाडौं, १८ पुस । बारामा लोड गरिएको पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पचरौता नगरपालिका(४ गुलरिया सीमा इलाकाबाट आइतबार कम्मरमा पेस्तोल बाँधेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहानी १६का ४० वर्षीइ चन्दन कुमार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले पेस्तोल र ७ राउन्ड गोलीसहित पक्राउ गरेको हो।भारतबाट नेपाल आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर-एफ- आई।को एउटा पेस्तोल बरामद गरेको हो।
साथै उनीबाट ११ हजार २७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका कुमारलाई इलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाएको छ। गत पुस ८ गते पनि महागढी नगरपालिका(२ भुटहीमा गोली हानेर ५० वर्षीय शिवपुजनप्रसाद यादवको हत्या भएको थियो।