Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकार बिच छलफल


1.8K
Shares

गोरखामा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकार बिच छलफल

गोरखा, १८ पुष । गोरखा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच आज छलफल तथा अन्तरक्रिया सम्पन भएको छ । सरकारी कार्यालयहरुका गतिबिधि तथा सूचन पत्रकारहरुलाई सहज र सरल ढंगबाट उपलब्ध गराउन तथा समस्या र सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरिएको गोरखा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी बरालले सूचनाको हक सम्बन्धी ऐन तथा त्यसको व्यवस्था लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा शंकरहरी आर्चायले ऐनले व्यवस्था गरे अनुसार मागेका सूचना उपलब्ध गराउन सवै कार्यालयका सूचना अधिकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले सूचना दिने मात्र नभएर पत्रकारहरुबाट लिन पनि सकिने भन्दै कार्यालयले गर्ने सेवा प्रवाहका बारेमा आएका सूचनाले कमीकमजोरीलाई सुधार्ने अबसर प्राप्त हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी आर्चायले सवै कार्यालयलाई आफ्नो वेवसाईट अपेडट गर्न समेत निर्देशन दिनुभएको छ । वेवसाईटबाट समेत धेरै सूचना लिनदिन सकिने भएकाले सवै वेवसाईटलाई छिटो र समयमा अपडेट गर्न सके सूचना लिन चाहानेहरुका लागि सहज हुने र सूचना अधिकारीलाई समेत बोझ कम हुने बताउनुभयो । साहायक प्रमुख जिल्ला अधिकारी बरालले सूचना अधिकारीले कस्ता सूचना दिने र कस्ता सूचना नदिने भन्ने बारेमा सूचना अधिकारीहरुलाई जानकारी गराउनु भयो ।

उहाँले ऐनले तोके बमोजिम सूचना समयमा उपलब्ध नगराउने सूचना अधिकारीलाई कारवाही हुने भएकाले सूचना लुकाउन नहुने बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले अधिकासं सरकारी कार्यालयमा सूचना अधिकारी भएपनि सूचना भने कार्यालय प्रमुखसंग मात्र हुने गरेकाले समस्या भएको बताएका छन् । सूचना माग्न सम्र्पक गर्दा सूचना अधिकारीले कार्यालय प्रमुखलाई सोध्नुपर्ने, आफूलाई थाहा नभएको जस्तो प्रतिक्रिया समेत आउने गरेकाले यसलाई सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा गोरखा जिल्ला स्थित संघिय सरकार अन्र्तगतका कार्यलय, प्रदेश सरकार अन्र्तगतका कार्यालय तथा स्थानीय तहका सूचना अधिकारीहरु सहित जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology