Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिरानचोक गाँउपालिकामा कार्यरत अस्थायी शिक्षकहरुद्धारा महंगी भत्ता रोकेको भन्दै विरोध


2.2K
Shares

सिरानचोक गाँउपालिकामा कार्यरत अस्थायी शिक्षकहरुद्धारा महंगी भत्ता रोकेको भन्दै विरोध

गोरखा, १८ पुष । गोरखाको सिरानचोक गाउँपालिका भित्र कार्यरत अस्थायी शिक्षकहरुले आफुहरुले पाउदै आएको महंगी भत्ता रोकेको भन्दै बिरोध जनाएका छन् । गाउँपालिकाले चालु आर्थिक बर्षको साउन यता अस्थायी शिक्षकहरुले पाउदै आएको महंगी भत्ता नदिएको भन्दै बिरोध जनाएका हुन् ।

आर्थिक बर्ष २०७९/०८० को कार्यक्रम कार्यान्व्यन पुस्तिकामा उल्लेख गरेर पनि अस्थायी शिक्षकहरुलाई महंगी भत्ता उपलब्ध नगराएको भन्दै आफूहरुको ध्यानकर्षण भएको अस्थायी शिक्षक संर्घष समिति सिरानचोक गाउँपालिकाका संयोजक सरोज ढकालले बताउनुभयो । उहाँले गाउँपालिकालाई गएको कात्तिक २० गते नै ध्यानकर्षण पत्र बुझाएको भएपनि अहिलेसम्म पनि माग सम्बोधन नगरेको भन्दै तत्काल यसअघि पाउदै आएको सुबिधा उपलब्ध गराउन माग समेत गरेका छन् ।

आइतबार बसेको अस्थायी शिक्षक संर्घष समितिको बैठकले अन्य शिक्षक सरह आफूहरुले पनि महंगी भत्ता पाउनुपर्ने भन्दै गाउँसभाले पारित गरेको निर्णय कार्यान्व्यन गर्न माग गरेका हु्न् । गाउँपालिकाले भने महालेखा परीक्षकको कार्यालयबाट अस्थायी शिक्षकलाई महंगी भत्ता दिन नमिल्ने भनेकाले भत्ता रोकिएको दावी गरेको छ । तर अस्थायी शिक्षकहरुले भने गोरखाकै अन्य पालिकाहरुमा अस्थायी शिक्षकहरुले महंगी भत्ता पाइरहेकाले सिरानचोक गाउँपालिकामा मात्र दिन मिल्दैन भन्नु तर्कसंगत नभएको बताएका छन् ।

अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाले महंगी भत्ता बापत मासिक २ हजार रुपैया उपलब्ध गराउदै आएको थियो । अस्थायी शिक्षकहरुले गाउँपालिकाले आफूहरुको माग सम्बोधन नगरे कालोपट्टी बाँधेर बिधालयमा शिक्षण सिकाई गर्नेदेखि लिएर बिधालय बन्द गर्नेसम्मको चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology