गोरखा, १८ पुष । नेपाली कांग्रेस गोरखाले पार्टीका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई कांग्रेस जिल्ला अनुशासन समितिले कारवाहीको सिफारिस गरेको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको उम्मेदवार बिरुद्ध लागेको आरोप उनीहरुलाई छ ।
कारवाही सिफारिस भएकामा महासमिति सदस्य इश्वर पाण्डे, महासमिति सदस्य प्रेमकुमार खत्री, महाधिवेशन प्रतिनिधि चेतबहादुर अधिकारी रहेका छन् । नेपाल तरुण दलका जिल्ला कार्यसमिति सचिव चित्र भट्ट, नेपाली कांग्रेस गाउँपालिका पार्टी सदस्य बिदेश नराल, क्षेत्रिय प्रतिनिधि भिमप्रसाद अर्याल, गण्डकी प्रदेश समिति सदस्य श्यामप्रसाद लामिछानेलाई कारवाहीको सिफारिस गरिएको छ ।
कांग्रेस केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले गोरखा १ का प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईको बिरुद्ध अभिब्यक्ति दिएको अडियो सार्वजनीक भएको थियो । पार्टीको आधिकारीक उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै उनलाई कारवाहीको सिफारिस गरिएको बताइएको छ । गाउँगाउँमा आधिकारीक उम्मेदवारलाई भोट नहाल्न भनेको, सामाजिक सञ्जालमा तथानाम लेखेको लगायत उजुरीपछि कारवाहीकालागि सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ ।
कारवाहीका लागि सिफारिस भएकाहरुले नेपाली कांग्रेसको बिधान बिपरित काम गरेको भन्दै जिल्ला अनुशासन समितिले कारवाहीकालागि पठाएको हो । अन्य उजुरी उपरपनि छानबिन भईरहेको जिल्ला अनुशासन समितिले जनाएको छ ।