Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जेसिजको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन


1.4K
Shares

गोरखा जेसिजको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

गोरखा, १७ पुष। गोरखा जेसिज गोरखाको अध्यक्षमा पुष्कर गुरुङ चयन हुनु भएको छ । गोरखा सदरमुकाममा शनिवार भएको ४२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट बर्ष २०२३ का लागि भएको अधिवेशनले गुरुङ सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

अधिवेशनबाट कार्यकारी उपाध्यक्ष द्वयमा प्रोमदजंग कुँवर र सुजित श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा ताराबहादुर खड्का, भुबनबहादुर खड्का, जिवन थापा, बिष्णु थापा मगर र सह–सचिवमा सोम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । महासचिव, कोषाध्यक्ष र कानुनी सल्हाकार भने कार्यसमितिको बैठकबाट मनोनित गर्ने गरी अधिवेशन समापन गरिएको थियो ।

गोरखा जेसिजका वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जेसिज २००३ का अध्यक्ष दिलबहादुर बस्नेत, पूर्व अध्यक्षहरु जिवनज्योती श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ, वर्ष २०२२ का उपाध्यक्ष काजिराम दानी लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology