Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपाल मगर संघ गोरखाको तेह्रौ अधिबेशन माघ १ गते हुने


2K
Shares

नेपाल मगर संघ गोरखाको तेह्रौ अधिबेशन माघ १ गते हुने

गोरखा, १७ पुस । नेपाल मगर संघ गोरखाको १३ औं अधिबेशन आउदो माघ १ र २ गते हुने भएको छ । मकर संक्रान्तिको अबसरमा पारेर संघको अधिबेशन तथा माघेसंक्रान्ति पर्व पनि मनाउन लागिएको मगर संघ गोरखाले आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा माघे संक्रान्ति पर्वको अबसरमा जिल्लाभरका मगर समुदायको बाहुल्यता रहेका ९ वटै पालिकाका प्रतिनिधिको सहभागितामा अधिबेशन सम्पन्न हुने संघका गोरखा जिल्ला अध्यक्ष बिष्णु रानामगरले जानकारी दिनुभयो । अधिबेशनबाट २५ सदस्सीय जिल्ला कार्यसमिति चयन हुने उहाँले बताउनुभयो । कार्यक्रममा सवै पालिकाका मगर समुदायको संस्कृती झल्कने पोशाक सहित बाजा गाँजाका साथ झाँकी तथा र्याली निकालिने अध्यक्ष रानामगरले जानारी दिनुभयो ।

साथै माघी मेलामा मगर समुदायको खानपान, रहनसहन र रीतिरिवाज झल्कने खानाका परिकारहरुको स्वाद चाँख्न समेत पाइने अध्यक्ष रानामगरको भनाई छ । संघले यस पटक अधिबेशनको अबसरमा गोरखा जिल्ला भित्रका मगर समुदायको इतिहास पहिचान, मगर समुदायको योगदान, परम्परालाई समेटेर दोस्रो भैरव स्मारिका प्रकाशन गर्ने तयारी समेत गरेको छ । ‘गोरखाको मगर समुदायको साँस्कृतिक कल्चर हराएर गएका छ्न, उहाँले भन्नुभयो, घाटुनाच, कौडा नाच कहाँ कहाँ कस्तो छ त्यसको पनि स्मारिकामा समेटिने छ ।’

भैरव स्मारिका यसअघि २०६५ सालमा पनि संघले प्रकाशन गरेको थियो । मगर समुदायको बाहुल्यता रहेको गोरखामा २०६८ को जनगणना अनुसार करिब ३१ हजार जनसख्या रहेको छ । संघले मगर समुदायको भाषा भेषभुषाहरुको असरक्षण र सम्बर्द्धनको क्षेत्रमा काम गर्दै आएको छ । नेपाल मगर सघ जिल्ला कार्यसमिती गोरखाका अध्यक्ष बिष्णु रानामगरको अध्यक्षता पत्रकार सम्मेलन सम्पन्न भएको हो । मगर माघे सक्रान्ती मनाउन सरकारले नै राष्ट्रिय बिदा समेत दिदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology