Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका एक युवकको उपचारका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान


2.8K
Shares

गोरखाका एक युवकको उपचारका लागि साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान

गोरखा, १६ पुष । गोरखाका एक युवकको उपचारका लागि ३ लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । गएको पाँच महिनादेखि बोन म्यारो उपचारका लागी आर्थिक अभाव भोग्दै आएका पालुङटार नगरपालिका वडा नं २ खोप्लाङका १७ बर्षिय लक्ष्मण नेपालीको उपचारका लागि एकता स्वयम सेवक संस्थाको पहलमा संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

काठमाण्डौको सिभिल हस्पिटलमा उपचाररत नेपालीको बोन म्यारो ट्रान्सप्लान्टका लागि आर्थिक अभाव भएपछि परिवार समस्यामा परेका छन् । बिरामीको स्वास्थ्य अवस्था झनै गम्भीर हुँदै गएपछि संस्थाले दोस्रो पटक नेपालीको परिवारलाई आर्थिक सहयोग जुटाएर उपचारका लागि संकलित रकम बुझाएको समाजसेवी धिरज उपरकोटीले जानकारी दिनुभयो ।

संस्थाले यस अघि पनि नेपालीको परिवारलाई २ लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । अहिले संकलित गरेको रकम बोन म्यारो ट्रान्सप्लान्टको लागि न्युन भएकाले देश तथा बिदेशमा रहेका सवैसंग थप सहयोगका लागि अपिल गरिरहेको उहाँले बताउनुभयो । बोन म्यारो ट्रान्सप्लान्ट गर्न लगभग २० देखि २५ लाख रुपैयाँको आवश्यकता पर्ने परिवारको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology