Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मघेसक्रान्तीमा जराङ कप २०७९ हुने


1.5K
Shares

मघेसक्रान्तीमा जराङ कप २०७९ हुने

गोरखा, १६ पुष । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ मा जराङ कप २०७९ फुटबल प्रतियोगिता हुने भएको छ । जनप्रेमी युवा क्लबको आयोजनामा मघेसक्रान्ती को पावन अवसरमा माघ १ गतेदेखी जराङ कप हुन लागेको हो ।

आयोजकका अनुसार ‘बिकास अनुशासन गतिशीलता’ भन्ने मुल नाराका साथ विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै भने दोस्रो हुने टिमले नगद रु ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताका उत्कृष्ट खेलाडी, किपर र गोलकरर्ताले रु दई हजार सहित ट्रफी प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ ।

फुटबल प्रतियोगितामा सहभागि हुनका लागि रु ८ हजार सहित १५ रुपैया शुल्क तिरेर टिम दर्ता गर्न सकिनेछ । अन्तिम टिम दर्ता पुष ३० गते सम्म रहेको र सोहि दिन टाईसिट प्रकाशन गरिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology