काठमाडौं, १६ पुस । कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य पाँच जना गम्भीर घाइते भएका छन् । यस्तै, दुई जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो।
शनिबार पूर्व(पश्चिम राजमार्ग अन्तर्गत वनबेहडामा सुपप्र ०२००१ ज ४०६ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ ।घटनाको विस्तृत विवरण आउँन बाँकी छ।