Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘कमेडी च्याम्पियन’ सिजन ३ को अडिसन पुस २७ देखि सुरु हुने


1.3K
Shares

‘कमेडी च्याम्पियन’ सिजन ३ को अडिसन पुस २७ देखि सुरु हुने

काठमाडौं,१५ पुस । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन दिनसक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहनेले पे वेल एप डाउनलोड गरेर भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाइ ५ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइनेछ । चैत दोस्रो सातादेखि टेलिभिजनमा प्रसारण हुने शोमा यसपटक गेष्ट अपिरियन्सलाई वृद्धि गर्ने लक्ष्य छ । ‘दर्शकको सुझावको आधारमा पाहुनाको संख्या बढाउने लक्ष्य छ, भएको’ भण्डारीले बताउनुभयो ।

जजमा चाहिं सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई यथावत् नै हुनेछन् । केकी अधिकारी र रीमा विश्वकर्मा कार्यकारी निर्माता रहने शोमा विशाल भण्डारी, विकास भण्डारी, हिरण बस्नेत र सगुन पाण्डे निर्माता हुनेछन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

यो सिजनसँगै निर्देशक भण्डारी एक फिचर फिल्म निर्माणको तयारीमा जुटेका छन् । ‘पटकथा लेखन हुँदैछ । नाम निधो छैन । लगत्तै हामी फिल्म निर्माणमा पनि जुटेका छौं,’ भण्डारीले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology